मकवानपुरगढी गाउँपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई स्वागत

हेटौंडा टुडे
१४ आश्विन २०८०, आईतवार १२:३१

हेटौँडा ।  मकवानपुरगढी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । गाउँपालिकामा आजदेखि हाजिर हुनुभएका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र कार्की लाई स्वागत गरिएको हो । प्रमुख प्रसासकिय अधिकृत कार्कीलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान , उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालि र ३ नम्बर वडा अध्यक्ष भागबत घिमिरे र सबै शाखा प्रमुखहरु लगायतका कार्यालयका कर्मचारीहरुले उहालाई भव्य स्वागत गरेका छन् ।

आजबाट कार्कीले मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्बेवारी सम्भाल्नु भएको छ । कार्की सिन्धुलीको फिक्कल गाउँपालिकाबाट सरुवा भएर मकवानपुरगढी गाउँपालिकाका प्रशासकीय अधिकृतको जिम्बेवारीमा आउनु भएको हो ।

स्वागत कार्यक्रमामा बोल्दै गाउँपालिकाका अध्यक्ष स्याङतानले कानुन र नीति नियमको परिधीमा रहेर प्रमुख प्रसासकिय अधिकृतले जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नु भयो । स्याङतानले कार्कीको आगमन संगै यस गाउँपालिकामा रोकिएका प्रसासनिक कार्यले गति लिने पनि बताउनु भएको छ ।

स्वागत ग्रहण गर्दै नवआगन्तुक प्रमुख प्रसाकिय अधिकृत कार्कीले आफुले जनमुखी सेवा गर्ने र निष्पक्ष रुपमा जनताको काम गर्ने र जनप्रतिनिधीहरुसंग सहकार्य मार्फत हरेक काममा आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भएको छ । आफु सर्लाही जिल्लावासी भएको बताउँदै कार्किले आफुले यस पालिकाको गरिमा बढाउने गरि काम गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्नु भयो । सबै जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, पत्रकार जगतको आफुलाई साथ र सहयोग प्राप्त हुने पनि कार्कीले विश्वास व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image