हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं १५ रातोमाटेको टेक प्वाईन्टबाट प्रहरीले चकलेट र जुत्ता बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना।६ख ७०९९ नम्बरको बसलाई रोकेर चेकजाँच गर्दा भन्सार छलि गरेर ल्याएको चकलेट ४० प्याकेट र जुत्ता ३५ जोर बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएको चकलेट र जुत्ता करिब ६० हजार ६०० रुपैयाँ मुल्य बराबरको रहेको छ । सो सामानको धनी प्रहरीले पत्ता लगाउन सकेको छैन । भन्सार छलिको सामान ल्याउने बसलाई प्रहरीले गन्तब्यतर्फ पठाएको छ भने सामान प्रहरीको नियन्त्रणमा रहेको छ ।
सेयर गर्नुहोस्