एकता स्वाबलम्बन कृषि सहकारीको साधारण सभा, बिभिन्न ब्यक्तित्व सम्मानित

हेटौंडा टुडे
२१ आश्विन २०८०, आईतवार १६:३३

हेटौंडा । मकवानपुरगढी गाउँपलिका वडा नम्बर ८ मा रहेको श्री स्वाबलम्भन कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा हिजो शनिवार सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपलिका उपाध्यक्ष मान कुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष बालनन्द तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।

साधारणसभामा संस्थापक पूर्व उपाध्यक्षहरु पुर्णि माया स्याङतान , रेसम कुमारी खडका ,आस्मिनी बि.क साथै धेरै टनेल खेतीबाट आए आर्जन बापत होम कुमारी पुडासैनी , कम टनेलबाट धेरै उत्पादन बापत मंजु गोले , दुध बिक्रि गरेको रकम बचत कर्ता बापत गोकुल देबकोटा , सबै भन्दा बढी दुध बिक्रि बापत दल बहादुर खड्कालाई सम्मानित गरिएको थियो । भेलामा २०७९ सालको एसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने हरुमा दिपा गोले र रंजन कुमार रुम्बालाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा बोल्दै मकवानपुरगढी गाउँपलिकाका उपाध्यक्ष पाख्रिनले मकवानपुरगढी गाउँपलिका वडा नम्बर ८ बिशेस गरि तरकारी पकेट क्षेत्र घोषणा गरेता पनि किसानले उत्पादन गरेको कृषि उपजका सामाग्रीहरु हेटौडा बजार सम्म लैजानको निम्ति सडक संजालले गर्दा असहज भएकाले सहज बनाउनको निम्ति आफु लागि पर्नेमा जोड दिनु भयो । यस ठाउका किसानहरुको जोस र जागरलाई मध्येनगर गर्दै कृषि तथा पसुपलानको निम्ति तालिमको आबश्यकता परेकाले तालिमको पनि छिट्टै बातावरण सिर्जना गर्न बताउनु भयो साथै बुढीचौरमा सडक संजालको हिसाबले १२ महिना चल्ने गरि निर्माण गर्नको लागि प्रदेस सरकार र केन्द्रीय सरकार संग पहल गरिरहेको बताउनु भयो ।

साधारण सभामा सस्थाका पूर्व अध्यक्ष एवम लेखा समिति सदस्य दिपक कुमार खड्काले संस्थागत प्रतिवेदन पेश गरेका थिए । स्वागत मन्तब्य सस्थाका व्यवस्थापक गुन्जा रत्न गोलेले दिनु भएको थियो । साधारणसभामा मकवानपुरगढी गाउपलिका वडा नम्बर ८ का वडा अध्यक्ष कुमार सिङ घिसिंङ् , वडा सदस्यहरु गोकुल देवकोटा , सुर्य माया दोंग , गमला बिक , मकवानपुरगढी गाउपलिका पशु साखा प्रमुख सत्य नारायण साह , मकवानपुरगढी गाउपलिका कृषि साखा प्रमुख चन्द्र कान्त चौधरी , पत्रकार मनोज देबकोटा , पशु प्रबिधिक कर्ण बहादुर बिक , रुपनारायण माबी का शिक्षिका सुमित्रा आचार्य , बुढी चौर स्वाथ्य शाखा प्रमुख , टोल बिकासका अध्यक्षहरु , बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु , कृषकहरु लगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*