हेटौडा । पछिल्लो समय स्थानीयतहका कर्मचारीहरु आन्दोलनरत छन् । स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको मानमर्दन हुने गरी ऐन विहिनताको अवस्था भएको भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रीएका हुन् । सो को विरोध गर्दै गत असोज १९ गतेदेखि काठमाण्डौस्थीत माइतीघर मण्डलामा कर्मचारीहरु प्रदर्शन गरीरहेका छन् ।
सोहि वमोजीम आजदेखि मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पनि अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् । सोमबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिव प्रसाद खनाल र नि। प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईलाइ आफ्नो माग सहितको ज्ञापन पत्र बुझाउँदै सेवा पेन डाउन गरिएको घोषणा गरे । ११ बुँदे माग राख्दै सम्बोधन नभए सम्मका लागि सेवा ठप्प गरीने वडा नं ५ का सचिव विदुर पाठकले जानकारी दिनुभयो ।
यता ज्ञापनपत्र बुझ्दै कार्यवाहक अध्यक्ष खनालले कर्मचारीहरुको अधिकारको लागि आफुले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कर्मचारीहरुले स्थानीय जनतालाई सेवा दिएकै कारण आफु जनप्रतिनिधिहरु सफल हुने भएकाले अत्यावश्यक सेवा नरोकिदिन उहाँले आग्रह समेत गर्नुभयो ।
यस्तै गाउँपालिकाका नि। प्रमुख प्रशासकीय अधिकृत भट्टराईले स्थानीय तहका कर्मचारीहरुको जायज मागहरु पुरा हुनुपर्ने घरणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, तपाईंहरुको विज्ञप्तीमा सवल र दुर्वल दुवै पक्षहरु छन् । सरकारले उचीत बिचार गरेर एकीकृत निजामती ऐन बनाउन आवश्यक छ ।
कर्मचारीहरुले गाउँपालिका अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर केहिबेर शान्तीपुर्ण ढङ्गले प्रदर्शन गरेका थिए ।