पेट्रोलको भाउ ११ र डिजेल ५ रुपैयाँले घट्यो

हेटौंडा टुडे
२९ आश्विन २०८०, सोमबार ०९:५४

हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेबाट लागुहुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ, मट्टितेल र डिजेलमा ५ रुपैयाँ घटाएको हो ।

निगमले एक विज्ञप्ति जारी गर्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image