हेटौंडा- ८ कर्रापुल नजिकै तीन वटा सवारी दुर्घटना, तीन जना घाइते

हेटौंडा टुडे
१९ कार्तिक २०८०, आईतवार २१:२४

मकवानपुरको हेटौंडा.८ कर्रापुल नजिकै आइतबार दिउँसो तीन वटा सवारी साधना हरू दुर्घटनामा परेको छ । पुर्वपश्चिम सडक खण्ड  अन्तर्गत रातोमाटेबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.४४ प.८९२० नम्बरको मोटरसाईल र  बिपरित दिशाबाट आउदै गरेको ना १ ह ९३८९ नम्बरको अटो एकआपसमा ठोक्किदा मोटरसाइकल उछिट्टिएर रातो माटे आफ्त हेटौडा आउदै गरेको साइकललाई ठक्कर दिएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोल बस्ने बर्ष २२ को महेश लामा, मोटरसाइकल पछाडी सवार हेटौंडा–९ पशुपतिनगर बस्ने बर्ष २६ को गोबिन्द श्रेष्ठ र साईकलयात्री हेटौंडा–८ मैदाटोल बस्ने बर्ष ७० को तिलक बहादुर बुढाथोकी रहेका छन् ।

श्रेष्ठ र बुढाथोकीको हेटौंडा अस्पताल र लामाको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो चालक हेटौंडा–८ कमाने बस्ने बर्ष ५० को राम मणी घिमिरे प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image