हेटौंडाको राप्तितटमा मनाइयो छठ पूजा

हेटौंडा टुडे
३ मंसिर २०८०, आईतवार २०:२६

हेटौंडा। आज देश भरी नै छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिईएको छ । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन हेटौंडाको राप्तितट सजाइए संग भक्त्तजनहरुको भीड लागेको थियो ।

आज आइतबार हेटौडा सहित तराईका भूभाग , काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् । आज व्रतालुहरू पानीसमेत नखाइकन निराहार ब्रत बस्ने गर्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ ।

भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । हेटौडाको राप्ति तटमा छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकांक्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image