मनहरीमा सौतनी छोराको कुटाईबाट सन्तमायाको मृत्यु

हेटौंडा टुडे
५ मंसिर २०८०, मंगलवार १६:४१

हेटौंडा । मकवानपुरको मनहरी-५ डिल्लिपुरमा सौतनी छोराको कुटाईबाट घाइते एक महिलाको ज्यान गएको छ । कार्तिक २७ गते स्थानीय डिल बहादुर चेपाङको कान्छि श्रीमती ५० वर्षकी सन्तमाया चेपाङलाई निजको सौतनी छोरा अन्दाजी २५।-२६ वर्षका ईन्द्र बहादुर चेपाङले कुटपिट गरी गम्भिर घाईते बनाएका थिए। गम्भीर घाइते भएकी सन्तमायाको उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा आज बिहान ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्।कुटपिटमा संलग्न ईन्द्र बहादुर जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image