हेटौंडा। पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ । बाघको आक्रमणबाट मृत्यु हुनेमा जिल्ला चितवन राप्ती नगरपालिका– १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेल रहेका छन् । आज बिहान करिब सवा १० बजेको समयमा मकवानपुर मनहरी गाउँपलिका– ६ खयर घारी गाउँबाट करिब २ कि।मी।दक्षिण तर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा खर काट्न आएको अवस्थामा पौडेललाई बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बाघको आक्रमणबाट मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
सेयर गर्नुहोस्