मनहरीमा एक महिला मृत अवस्थामा फेला

हेटौंडा टुडे
१० मंसिर २०८०, आईतवार १०:५४

हेटौंडा । मकवानपुरको मनहरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।मनहरी गाउँपालिका वडा नम्बर–४ सालघारीमा स्थानीय देब कुमार चेपाङको श्रीमती ४५ वर्षिय बूद्धि माया चेपाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्।
मादक पदार्थ सेवनगरी आफ्नै घरमा सुतेको अवस्थामा मृत्त अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image