कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै आज

हेटौंडा टुडे
१३ मंसिर २०८०, बुधबार ११:०१

हेटौडा। नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा महासमितिमाथि केन्द्रित छलफल हुनेछ । महासमितिको बैठकको तयारी, विभागका प्रमुख र सदस्यको पूर्णता लगायतको विषयमा छलफल हुने जनाइएको छ ।कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक गर्न लगाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image