हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं-३ लेवटबाट मंगलबर लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चितवन रत्ननगर नगरपालिका वडा नं।१२ बस्ने बर्षीय ३० महेश महतो र सोही स्थानका ३३ बर्षीय अजय लामा रहेका छन् ।प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले हेटौंडाबाट चितवन जादै गरेको ना ८ प ५४६७ नम्बरको मोटरसाइकलमा सवार महतो र लामालाई लागुऔषध कोरेक्स–३ बोतल र नाईट्राभेट–४५६ ट्याब्लेट सहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सञ्चार शाखाले जनाएको छ ।
मोटरसाइकल सहित दुबै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्