यस वर्ष राक्सिराङको सबै वडामा बिजुली बत्ती पुर्‍याइने

हेटौंडा टुडे
१३ मंसिर २०८०, बुधबार १७:५५

हेटौडा ।राक्सिराङको विकट गाउँहरूमा अहिले पनि विद्युत् सेवा पुग्न सकेको छैन। यो बर्ष भित्र राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी गाउँपालिकाले काम गरिरहेको छ। राक्सिराङ गाउपलिकाको खैराङ, काँकडा, दाम्राङ लगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न अझै बाँकी रहेकोले खैराङ, काँकडा लगायत ठाउमा विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्ने लगायतका कार्य भइरहेको गाउपलिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनु भयो ।

चेपाङलाई बिजुली कार्यक्रम’अन्तर्गत ‘३१ करोडको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौँले काम गरिरहेको छ । यस क्षेत्रमा सहज रुपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि सहज हुने भए संगै गलैँचा उद्योग खोल्ने लगायतका योजना रहेको छ। यस क्षेत्रका धेरै सर्वसाधारण काठमाडौंमा गलैँचा उद्योगमा कार्यरत रहेका छन्। विद्युत् उपलब्ध भएपश्चात् घरैबाट गलैँचाको काम गर्न सकिने मल्लले जानकारी दिनु भयो ।

विद्युत् आपूर्ति भएपछि यहाँका सर्वसाधारणलाई धेरै राहत पुग्नेछ । उद्योग तथा कृषि कार्य गर्नलाई थप सहज हुनेछ । तोकिएको समयमै काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई आवश्यक समन्वय र सहजीकरण गरिरहेको र , ‘वैशाखसम्म यस क्षेत्रमा बिजुली बत्ती बाल्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image