हेटौडा । मनहरी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तीको ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा निर्वाहभत्ता वितरण गरेको छ । आईतबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी भत्ता वितरण गरेको हो । नेपाल सरकारले वितरण गर्दै आईरहेको सामाजीक सुरक्षा भत्तामा नसमेटिएका पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तीहरुलाई लक्षित गरी भत्ता वितरण गरीएको हो । गाउँपालिकाका १ सय ३४ जनालाई जनहि रु ५ हजार ४ सयका दरले भत्ता वितरण गरीएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले राज्यको ध्यान नपुगेका आंशीक अपाङ्गलाई स्थानीय सरकारले समेट्नु पर्छ भन्ने उद्देश्यले भत्ता वितरण गरीएको बताउनुभयो । यस्तै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आगामी दिनमा थप वजेट विनियोजन गरी अपाङ्गता भएका व्यक्तीहरुलाई निर्वाहमा टेवा पूर्याउने उद्घोष गर्नुभयो ।
मनहरी गाउँपालिका सामाजीक विकास समितिका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजीक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । महिला तथा बालबालीका विकास शाखा प्रमुख शिला अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, एम आई एस अपरेटर दिपक अधिकारी लगायतको उपस्तिथी रहेको थियो ।