स्वास्थ्य स्वयंमसेविका दिवसको अवसरमा मकवानपुरगढीमा २ जनालाई नगद सहित दिर्घ सेवा सम्मान

हेटौंडा टुडे
१९ मंसिर २०८०, मंगलवार २२:०३

हेटौडा । आज २० औ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस , यो दिवस लाई सम्मान गर्दै मकवानपुरगढी गाउँपालिकाले पनि बिषेस कार्यक्रम गर्दै  मनाएको छ । स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने नाराका साथ मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा आयोजना गरिएको कार्यक्रममा ६० बर्ष पुरा हुनु भएका २ जनालाई दिर्घ सेवा सम्मान र  पालिकाका आठ वटा वडा भरका  ४० जना स्वास्थ्य स्वयमसेविकालाई निस्वार्थ सेवाको लागि सबैलाई बन्दोबस्तीका  सामग्री सहित गाउँपालिकाका अध्यक्ष् दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मान कुमारी पाख्रिन ((नेपाली)ले सम्मान पत्र प्रदान गरेका हुन् ।

२०४६ साल बाट निरन्तर रुपमा यो पेसामा लागिरहनु भएका र ६० बर्ष पुरा हुनु भई दिर्घ सेवा सम्मान पाउनु हुने मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ४ कि सिता देवी तिमल्सिना र मकवानपुरगढी – ८ कि राधिका पुडासैनी लाई गाउँपालिकाबाट जनही नगद रु ५०,००० (पचास हजार) सहित सम्मान गरिएको मकवानपुरगढी गाउँपालिका स्वाथ्य शाखा प्रमुख धुर्ब लामिछानेले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष् दोर्जे लामा स्याङ्तानले दिन रात घाम, पानि घर ,परिवार नभनी महिला स्वास्थ्य स्वयमसेविकाले जनताको लागि निस्वाथार्थ रुपमा यो कर्म गरेको प्रति सबै स्वास्थ्य स्वयमसेविका प्रति प्रशंसा  गर्नु भयो । ‘स्थानीय सरकार भनेको जनताले प्रत्यक्ष् रुपमा अनुभूति गर्न पाउने सरकार हो, प्रत्येक नागरिकको आगनको हो । नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । आधारभूत स्वास्थ्य सेवा दिन होस या महामारी नियन्त्रणको अभियान लिएर होस् स्वास्थ्य स्वयमसेविकाहरू समाज निर्माण गर्न घर घरमा पुग्नु भएको यो कार्यको खुलेर तारिफ गर्नु भयो ।

कार्यक्रमा बोल्दै गाउँपालिका उपाध्याक्ष मान कुमारी पाख्रिन (नेपाली)ले बिकट तथा ग्रामिण भूभागमा स्वास्थ्यको पहुँच पुर्याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका अहम रहेको बताइन् । प्रत्येक टोल टोल ‘घर घरमा पुगेर कसलाई कस्तो समस्या छ भनेर क्रियासिल हुनु आफैमा चुनैतीपूर्ण रहेको र स्वास्थ्य स्वयमसेविका लगनसिलता र यो कार्यले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय टेवा पुगेको छ बताईन ।’

कार्यक्रम मकवानपुरगढी गाउँपालिका सामाजिक विकास समिति संयोजक श्री आइतसिं लोको सभा अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ,प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री दोर्जे लामा स्याङ्तान, विशेष अतिथि उपाध्यक्ष श्री मान कुमारी पाख्रीन (नेपाली) , अतिथिहरू निमित्त प्रमुख प्रसासकिय अधिकृत सत्यनारायण साह, २ नं वडा अध्यक्ष श्री बखानसिं पाख्रीन, ४ नं वडा अध्यक्ष श्री अर्जुन प्रसाद तिमल्सिना, लेखाअधिकृत श्री रामकृष्ण श्रेष्ठ,स्वास्थ्य शाखा प्रमुख श्री ध्रुव प्रसाद लामिछाने, रोजगार संयोजक श्री कविराज हुमागाई, श्रोत व्यक्ति श्री दाशरथी उपाध्याय, सि.अ.न.मि. निरीक्षक गायत्री सापकोटा, MIS operator श्री मनोज देवकोटा, २ नं वडा सचिव सुमित्रा पाण्डे र  मकवानपुरगढी स्वास्थ्य चौकीका कर्मचारीहरु लगाएताकको  उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*