त्रिभुवन विमानस्थलबाट ६ किलो सुनसहित दुई विदेशी नागरिक पक्राउ

हेटौंडा टुडे
२४ मंसिर २०८०, आईतवार १२:०६

 
हेटौडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी ६ किलो सुन बरामद भएको छ । गएराती विमानस्थलमा ६ किलो सुनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् ।प्रहरीका अनुसार शनिबार राति दुबईबाट नेपाल आएका दुई यात्रु अवैध सुनसहित पक्राउ परेको हुन् । प्रहरीले एक इजिप्ट र सुडानीलाई नागरिकलाई पक्राउ गरेको हो ।

बरामद भएको सुन अर्धठोस अवस्थामा रहेको बताइएको छ । उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।यसअघि २१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै १४ किलो सुन बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image