गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

हेटौंडा टुडे
२४ मंसिर २०८०, आईतवार १३:५१

 
हेटौडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन् । गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको गृह मन्त्रालयलले जनाएको छ ।नियमित स्वास्थ्य परीक्षणका निम्ति त्यहाँ पुगेका उनलाई डा।अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको थियो।चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ पनि उनको उपचार गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*