हेटौंडा । मकवानपुरको बकैयामा पुल निर्माण गरिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय चितवनले चालु आर्थिक वर्षमा पूवी मकवानपुरको बकैयामा एक करोड ५० लाख लगानी गरेर पुल निर्माण गर्न लागेको हो ।
बकैया वडा नम्बर–७ को अधेरी र जुरेलीको बिचमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ । पुल निर्माण भएपछी पहिले भोग्दै आएको समस्या समाधान हुने स्थानीय वासिन्दाहरुले बताएका छन् ।यसैगरी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ र वडा नम्बर–४ पाओसमा पनि पुल निर्माण गरिदै छ । कार्यालयले चालु आर्थिक वर्षमा बजेट छुट्याएर पुल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट मार्फत यहाँ पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।
सेयर गर्नुहोस्