खेलकुद महोत्सबको नाममा व्यापार मेला गरिए आन्दोलनमा उत्रिने उद्योग बाणिज्यसंघको चेतावनी

हेटौंडा टुडे
२७ मंसिर २०८०, बुधबार १५:२५

 
हेटौंडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा खेलकुद महोत्सबको नाममा व्यापार मेला गरिए मकवानपुर उद्योग बाणिज्यसंघले आन्दोलनको चेतावनी दिएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले यहाँका व्यापारीहरुलाई असर गर्ने गरी व्यापार मेला गरिए निरन्तर रुपमा चरणबद्ध आन्दोलन गर्ने बताउनुभयो । अहिलेको अवस्थामा व्यापार नभएर हेटौंडाका व्यापारीहरु समस्यामा परिरहेको अवस्थामा मेला गरेर फेरी यहाँका व्यापारीलाई समस्यामा पार्न लागिएकाले खेलकुदका गतिबिधीहरु गर्न र व्यापार महोत्व रोक्नका लागि अध्यक्ष अग्रवालले आग्रह गर्नुभयो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले असम्वन्धीत संस्थालाई व्यापार महोत्व समेत गर्नका लागि स्वीकृति दिएपछी जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि त्यसलाई सहयोग गरेकाले खेलकुद विकास समितिले मेला गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*