पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज विवाह बन्धनमा बाँधिँदै

हेटौंडा टुडे
२८ मंसिर २०८०, बिहीबार ११:०८

हेटौडा। पूर्व मिस नेपाल शृङ्खला खतिवडा आज विवाह बन्धनमा बाँधिँदै छिन् ।उनले सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह गर्न लागेकी हुन् ।शृङ्खला र सम्भवको विवाह आज होटेल हायातमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ ।केही दिन अगाडि शृङ्खलाको ‘मेहेन्दी समारोह’ आयोजना भएको थियो । जसमा पूर्व मिस नेपालहरू थुप्रै सहभागी थिए ।गत असोजमा शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन् । पेसाले इन्जिनियर उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*