हेटौंडा । मकवानपुरमा तातोपानीले पोल्दा एक बालिका गम्भीर घाइते भएकी छन् । मकवानपुरको भिमफेदी(२ भदौरेकी स्थानीय बिमला प्रजाकी ४ बर्षीया छोरी अञ्जली प्रजा तातोपानीले पोल्दा गम्भीर घाइते भएकी हुन्।
मंगलबार आफ्नै घरमा खेल्ने क्रममा उनी बाख्राको लागि तताएर राखेको तातोपानीमा परेकी थिइन्।तातोपानीले उनको पेटको भागदेखि तल घुँडासम्मको भाग पेलेको हेटौडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्