हेटौडा । हेटौँडा ९ मा रहेको मानवसेवा आश्रमको नव निर्मित भवनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । १३ करोड ८१ लाख ६६ हजार रुपियाँ लागतमामा निर्माण भएको आश्रमको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । नवनिर्मित भवन अपाङ्गता मैत्री रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मानवताको सेवाभन्दा अर्को ठूलो धर्म नभएको बताएका छन् । उनले मानवसेवा आश्रमका अभियन्ताहरुले मानवसेवाको ठूलो उदाहरण प्रस्तुत गरेको भन्दै सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र बनाउँन लिएको लक्ष्यको साथमा सरकार पनि साथै रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, हेटौँडा उपमहागरपालिकाका कार्यवाहक मेयर राजेश बानियाँ, अभियन्ता एवं समाजसेवी देव श्रेष्ठ लगाएतकाको उपस्थीति रहेको थियो ।