हेटौडा। नारायणगढ-मुग्लिन सडकखण्डमा पुस ७ गतेदेखि दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ। तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले चार घण्टा सवारी बन्द गर्न लागिएको हो।
शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको छ । पहिलो चरणमा तीन हप्ता बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुंगा(मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ(मुग्लिन० का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिने र भित्ता काट्न नसके विस्फोट गराइने उनले जानकारी दिए ।
सेयर गर्नुहोस्