हेटौडा । मकवानपुरको मकवानपुरगढी गाउँपलिका वडा नम्बर – ८ बुढीचौर आज भोली पर्यटकीय हिसाबले यो ठाउ चर्चामा छ । यो गाउँ विशेष गरि हेटौडा बजार आसपासका मानिसहरुको रोजाईमा पर्ने गरेको छ ।
चिसो मौसम र चारैतिर पाहाडी भू-भागले घेरिएको उपत्यका जस्तो रहेको यो ठाउमा विशेष गरि दसैँ– तिहार र छठ लगत्तै हेटौडा आसपास लगायत ठाउँहरुबाट पर्यटकको चहल पहल बढने गरेको छ ।
जति मात्रामा पर्यटन चाप बढदो छ उति मात्रा पर्यटक राख्नको लागि होम स्टेको आबस्यकता रहेको बुढीचौर घुमेर आउनु भएका हेटौडा – ४ घर भएको सुनिल श्रेठको भनाइ छ । यस ठाउँमा आन्तरिक र बाह्य पर्यटक आउने मात्रै नभएर त्यहाँका स्थानीयले रोजगारी समेत पाउने भएकाले यस्तो कार्यकोे थालनी गर्न आवश्यक रहेको उनले बताए ।
यस्तै हिजो सनिवार ओम अटो मोबईल्स हेटौडा – १० द्वारा संचालित रोयल इन्फिल्ड मोटरसाईकल स्वरुमले आयोजना गरेको रिफेन्समेन्ट राईडीङ कार्यक्रममा सहभागी भएका केहि सहभागी हरुको गुनासो रहेको थियो । हिजो सनिवार हेटौडा वजार हुदै मकवानपुगढी – ८ बुढीचौर सम्मको रोयल इन्फिल्ड मोटरसाईकल यात्रा सम्पन्न भएको छ ।
हेटौडा बाट बुढीचौर मोटरसाईकल यात्रामा निस्केका आन्तरिक पर्यटकहरु सबैको बुढीचौरमा होम स्टेको अति आवश्यक रहको बताएका छन । आफुहरुलाई बुढीचौर एकदमै रमाईलो लागेको र मन परेकाले अर्को पटक परिवार संग यहा घुम्न आउने बताएका छन् । रोयल इन्फिल्ड मोटरसाईकल यात्रा मकवानपुर जिल्ला सहित आसपासका जिल्लाहरुबाट ३० वटा मोटरसाईकल हेटौडा- १० मा रहेको स्वरुम हुदै कान्तिलोकपथ सिखरकटेरी सुकौरा हुदै बुढीचौर पुगेको थियो ।
रोयल इन्फिल्डको यो ग्रुपले मकवानपुरगढी – ८ मा रहेको खुडेदार पैदल लोक मार्ग , खुड़ेधार भिर , रिखेश्वर गुफा , झरना , बुढीचौर पिकनिक स्थल, बर्कीटार , मच्छेडाडा , , माने डाडा लगाएतका भू- भागहरुको मोटरसाईकल यात्रीहरुले अवलोकन गरेको स्थानीय सयोजक रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।
बिहान ८ बजे हेटौडा बाट निस्केको यो यात्रा बुढीचौरबाट साझ मकवानपुर गढी -८ बुढीचौर गढी -७ सुकौरा , गढी- ६ दुम्ब्रेकुना , गढी- ५ आमभन्ज्याङ समारी हुदै भीमफेदी गाउपलिका सुपारेटार पुल निस्केको यात्रा समपन्न गरेका थिए ।