हेटौडा । मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नं वडा विजयी भएका छन् । सनिबार देखि सुरु भएको उक्त प्रतियोगिता अन्तर्गत आज २ खेल भएको थियो ।
पहिलो खेल ५ नं वडा र ६ नं वडा बिचमा रहेको थियो । पहिलो खेलमा ५ नं वडालाई ३-० गोल अन्तरले पराजित गर्दै ६ नं वडा विजयी भएको हो । पहिलो खेलको म्यान अफ दि म्याचको ट्रफी र २ हजार रकम सहित अभिषक खड्का सम्मानित भएका थिए ।
यस्तै आजै भएको दोस्रो खेल १ नं वडा र ७ नं वडा बिचमा रहेको थियो । उक्त खेलमा १ नं वडालाई सर्वाधिक ७-० गोल अन्तरले पराजित गर्दै ७ नं वडा विजयी भएको हो । खेलको पहिलो हाफमै ७ नं वडाले ५ गोल गर्न सफल भयो र दोस्रो हाफमा थप २ गोल गर्दै ७ गोल गर्यो । उक्त खेलमा सर्वाधिक ३ गोल गर्ने खेलाडी तथा टिमका क्याप्टेन मनिस पौडेलले नगद २ हजार सहित म्यान अफ दि म्याचको ट्रफी हासिल गरे ।
मंसिर ३० गते देखि मनहरी(७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ । गाउँपालिकाको प्रायोजनमा भएको उक्त खेल खेलकुद विकास समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुने टिमलाई नगद रु १ लाख र दोस्रो हुनेलाई नगद रु ५० हजार सहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिने छ ।