सुनचाँदीको मूल्य बढ्यो

हेटौंडा टुडे
४ पुष २०८०, बुधबार १३:१२

हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले बढेको छ ।बुधबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image