हेटौंडामा आजदेखि वृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु

हेटौंडा टुडे
५ पुष २०८०, बिहीबार १०:५२

हेटौंडा । हेटौंडामा आजदेखि वृहत् खेलकुद तथा व्यापार महोत्सव सुरु हुँदैछ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हेटौंडा–१० स्थित टिसियन चौरमा आजबाट महोत्सव सुरु हुन लागेको हो ।

महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने आयोजक खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष बेस खड्गीले जानकारी दिए । उनका अनुसार मेलामा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका, लत्ताकपाडा, भाडाकुडा लगायतका किनमेलका करिब २ सय ६० वटा स्टल रहनेछन् ।

अध्यक्ष खड्गीका अनुसार मेलामा महिलारपुरुष छुट्टाछुटै विभिन्न १३ विधामा बागमती प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा उसु, भलिबल, कबड्डी, कराँते, आर्चारी, रेस्लिङ, कुस्ती, क्रीकेट, फुटबल लगायतका खेलहरु हुने उनले बताए ।

महोत्सवमा बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत हुने आयोजकले जनाएको छ ।महोत्सव पुस ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुर भएपनि मेलाको आर्थिकको जिम्मा औद्योगिक शान्ति नेपालले लिएको छ । औद्योगिक शान्तिले खेलकुद गतिविधि गर्न लाग्ने १५ देखि २० लाख खर्च बेहोर्ने र छुट्टै २० लाख नगद जिल्ला खेलकुद विकास समितिको खातामा हालिदिने सम्झौता भएको बताईएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*