
हेटौडा । बुधबार मकवानपुरगढी गाउपलिका वडा नम्बर ३ मा रहेको श्री भानु माध्यमिक विद्यालयको ४७ औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान कुमारी पाख्रिन नेपालीको अध्यक्षता , मकवानपुरगढी गाउपालिका अध्यक्ष् दोर्जे लामा स्याङ्तानको प्रमुख आथित्यता तथा मकवानपुरगढी गाउपलिका वडा नम्बर ज्ञ का अध्यक्ष् एवम सामाजिक बिकाश साखा संयोजक आईत सिह लो , ३ नम्बर वडा अध्यक्ष् भागवत घिमिरे र वडा नम्बर ४ का अध्यक्ष् अर्जुन प्रसाद तिमल्सिना विशेष अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मकवानपुरगढी गाउपालिका अध्यक्ष् दोर्जे लामा स्याङ्तानले विद्यालयको बार्षिक उत्सबसको शुभकामना व्यक्त गर्नु भयो । साथै स्याङ्तानले सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुलाई विद्यालयको शैक्षिक स्तर उन्नतीका लागि सवै अभिभावकहरु एक भएर लाग्नु पर्ने पनि बताउनु भयो ।
कार्यक्रमका सभा अध्यक्ष समेत रहनु भएका मानकुमारी पाख्रिन नेपालीले बिगतको अबस्था भन्दा अहिले विद्यालयको भौतिक संरचना तथा विद्यार्थि शैक्षिक अवस्था र शिक्षकको सिकाईको अवस्थामा तिव्र गति लिएको बताउदै आगामी दिनमा कुनै समस्या देखिए विद्यालय व्यवस्थापन समिती मजबुद भएर लाग्ने बताउनु भयो ।
बार्षिक उत्सब कार्यक्रममा विद्यालयले बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार बित्तरण गरेको छ । समाजसेवी तर्फ प्रल्हाद ,चालक प्रेम बहादुर अधिकारी ,कार्यालय सहयोगी रंगराज मगर ,शिक्षक निर्मल धिताल , रेडियो मकवानपुरगढ़िका संचालक यम प्रसाद पौडेल , हेटौडा टुडे डट कमका संचालन मनोज देबकोटा , गणेश धिताल , बाबुलाल घलान , देवेन्द्र गोले , बिर बल सिह भोलन, मान बाहादुर घलान लाई सम्मान गरेको छ । त्यस्तै जिल्ला भलिवल प्रतियोगितामा प्रथम भएका छात्राहरु मनिषा घिसिङ , सुमिना पाख्रिन , महिमा तिमल्सिना , दिपिका भट्टराई, मनिषा लोप्चन खुशी लामा , रीतिका थापा , ममता घिसिङ् र स्मृति घिसिङ्लाई पनि पुरस्कार तथा सम्मान गरेको छ ।
साथै वृद्ध कप प्रथम सिक्षक कप फुटबल प्रतियोगीता तर्फ राजेन्द्र थापा , शिवराम फुयाल ,शान्त प्रसाद दहाल , सुमन थिंग , मुकेश चौलागाई , आयुस दुलाल दुर्लब , गणेश घलान ,किरण वल , युवराज योन्जन ,शौरम मगर,कुमार सुबेदी ,बासु प्रसाद घोरासैनी ,निर्मल धिताल टिम कोच उद्धव प्रसाद सापकोटा र व्यवस्थापक केदार प्रसाद ढकाललाई सम्मान गरिएको थियो ।
बार्षिक उत्सब कार्यक्रममा उत्कृस्ट विद्यार्थीहरु अनुसासन तर्फा कक्षा १२ कि बिनिता ढुंगाना , जेहेन्दार तर्फ कक्षा १० कि सन्धा थिंग , उत्कृसठ हाईजिन तर्फा कक्षा १० कि रोजिता घोरासैनी लगाएतका विद्यार्थीहरुलाई विद्यालयले सम्मान तथा पुरस्कार बित्तरण गरेको छ ।
कार्यक्रममा मकवानपुरगढी गाउपालिका श्रोत शिक्षक दासरथी उपाध्यय ,३ नम्बर वडा सदस्य बिदुर हुमागाई ,सरस्वती प्राथमिक आधारभुत बिद्यालयका प्रधानाध्यापक सारद दाहाल , ज्वालादेवी प्र अ का धानाध्यापक सरोज फुयाल , चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेस अधिकारी , रानी सामुदायिक वनका अध्यक्ष प्रसाद न्यौपाने , सिर्जनसिल समाज बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्ण बहादुर बिडारी , टावर डाडा खानेपानी सस्थाका अध्यक्ष शत्रुधन दुलान लगाएतको कार्यक्रमा उपस्थिती रहेको थियो ।

