हेटौडा टुडेकर्मी “देवकोटा कान्छो” सम्मानित

हेटौंडा टुडे
१२ पुष २०८०, बिहीबार १४:१४

हेटौडा । श्री भानु माध्यमिक विद्यालयको मकवानपुरगढी – ३ को ४७ औ बार्षिक उत्सब कार्यक्रमको अवरमा यस  विद्यालयको क्षेत्रमा कलम चलाई महत्वपूर्ण कार्य गरेको भन्दै हेटौडा टुडेका सन्चालक मनोज देबकोटा “देबकोटा कान्छो मनोज”  लाई सम्मान गरेको छ । बुधबार संचारकर्मी एवं पत्रकार देबकोटा र  रेडियो मकवानपुरगढीका सन्चालक यम प्रसाद पौडेल सहित धेरै विधामा धेरै जनालाई विद्यालयले सम्मान गरेको हो ।

गाउँ समाजमा हुने गरेका विभिन्न किसीमका बिकृति बिसंगती र समाज परिवर्तनमा कलम चलाएको भन्दै देवकोटालाई सम्मान गरेको हो । गाउँमा रहेर विभिन्न किसीमका सन्देश, सुचना , खबर , जानकारीहरुबाट समाज परिवर्तन गर्न खेलेको अहम भूमिकालाई नियाल्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रको बारेमा कलम चलाउन हौशला प्रदान गर्दै देबकोटालाई लाई सम्मान गरिएको हो ।

देबकोटा बिगत १४ बर्ष देखि पत्रकारितामा सक्रिय रुपमा कार्यरत रहेका छन् । बिगत एक दशक रेडियोमा काम गरेका देबकोटा अहिले विधुतिय माध्यम मार्फत निरन्तर रुपमा चार बर्ष देखि अनलाईन मिडिया हेटौडा टुडे डट कमका संचालकको रुपमा काम गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image