हेटौडा। ललितपुरको ग्वार्कोमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सवार गाडीमा आगजनी गरिएको छ। ललितपुरको ग्वार्को आकाशेपुलमा आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले यातायात मन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी रोकेर मन्त्री र गार्डलाई बाहिर निकालेर आगो लगाइदिएका हुन्। युवाहरुले आन्दोलन गरिरहेकामा कोटेश्वर आउँदै गरेको गाडीमा आगजनी गरेका हुन् ।
कोरिया जान नपाएका ईपीएस पीडितले ग्वार्कोस्थित ईपीएसको शाखामा गरिरहेको आन्दोलनका क्रममा उक्त गाडीमा आगजनी गरेका हुन् । ग्वार्को क्षेत्र अहिले तनावग्रस्त रहेको छ ।
सेयर गर्नुहोस्