राउण्ड टेबलले विद्यालय भवन बनाइ दिँदा विद्यार्थी हर्षित

हेटौंडा टुडे
१३ पुष २०८०, शुक्रबार २०:२२

हेटौंडा । राउण्ड टेबल नेपाल अन्तर्गत् हेटौंडा राउण्ड टेबल– ३० ले आफ्नो विद्यालयमा नयाँ दुई कोठे भवन निर्माण गरिदिएपछि यहाँका विद्यार्थीहरु हर्षित भएका छन् । आफ्नो टेबल–३० अन्तर्गत्का सदस्यहरु र विभिन्न दातासंग समन्वय गरेर मकवानपुरगढी–५ स्थित श्री आधारभूत शिक्षा आधारभूत विद्यालयको लागि निर्मित दुई कोठे भवनको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा सहभागी विद्यार्थीहरुले कक्षा तह बढ्दै जाँदा अभाव हुनसक्ने कक्षा कोठा राउण्ड टेबलले निर्माण गरिदिएपछि विद्यार्थीहरु खुशि भएका हुन् । गाउँपालिकाले वर्षेनि कक्षा बढाउने अनुमति दिँदै जाँदा कक्षा कोठा अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हेटौंडा राउण्ड टेबल – ३० ले दुई कोठे भवन निर्माण गरिदिएको सदस्य सम्झौता सापकोटाले जानकारी दिए । टेबलका अध्यक्ष विकास जालानको सभाध्यक्षतामा भएको कार्यक्रमबीच प्रमुख अतिथि राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष नितेशकुमार अग्रवाल र विशेष अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तानले संयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् ।

कार्यक्रममा टेबलका राष्ट्रिय सेक्रेटरी शतिस अग्रवाल, टेबल–३० का पूर्व अध्यक्ष तथा इन्टरनेशनल रिलेसनसिप अफिसर राहुल अग्रवाल, एरिया को–अर्डिनेटर मनिष लत, एरिया प्रोजेक्ट कन्भेनर अमन मित्तल लगायत सहभागी थिए । टेबल–३० का निवर्तमान अध्यक्ष रवि अग्रवालको कार्यकालमा सुरु भएको भवन निर्माण कार्य सात महिनामा सम्पन्न भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष स्याङ्तानले युवाहरु सम्मिलित टेबलले नियमितरुपमा मकवानपुरगढी गाउँपालिकामा सहयोग गरिरहेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमका अतिथि हेटौंडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष तथा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले युवाहरु समाजसेवामा लाग्दा आउँदो पुस्ताले समेत राम्रो कुराको सिको गर्ने भन्दै टेबलले गरेको कामको प्रशंसा गरेका थिए । हेटौंडा राउण्ड टेबल– ३० ले उक्त विद्यालयको पुरानो भवनको जस्ता फेर्ने, रंगरोगन गर्ने तथा पिउने पानीको लागि ट्याड्ढी निर्माणको कार्य गर्नुका साथै समय समयमा विद्यार्थीहरुको पोशाक तथा न्यानो कपडा सहयोग गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुराम थिङले जानकारी दिए । उक्त भवन निर्माणमा वडा कार्यालयको तर्फबाट एकलाख ५० हजार रुपियाँ बजेट समेत प्राप्त भएको थिङले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*