हेटौंडामा थाहा फोटो प्रदर्शनी हुने

हेटौंडा टुडे
१६ पुष २०८०, सोमबार ११:०३

हेटौडा । थाहा नगरको पर्यटन प्रवर्द्धनका लागि हेटौंडामा फोटो प्रदर्शनी हुने भएको छ । थाहा नगरपालिकाको आयोजनामा पौष २० र २१ गते हेटौंडाको बुद्धचोकमा फोटो प्रदर्शनी हुने थाहा नगरपालिकाले जनाएको छ ।

थाहा नगरका करिब एक दर्जन फोटोग्राफरहरुले खिचेका थाहा नगरको पर्यटन नगरको प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका करिब ६० ओटा फोटोहरुको प्रदर्शनी गरिने फरक सोचका संयोजक यादव जंग रायमाझीले बताए ।

हेटौंडा उपमहागरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा, मकवानपुर फोटो पत्रकार संघको सहकार्यमा फोटो प्रदर्शनीको व्यवस्थापन फरक सोच र शिखर क्लवले गर्नेछन् ।

पर्यटनको प्रशस्तै सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गर्न लागिएको फोटो प्रदर्शनीले थाहा नगर लगायत आसपासको क्षेत्रको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले बताए ।

बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौबाट नजिक पर्ने उत्तरी मकवानपुरको थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिका आसपासका क्षेत्र आन्तरिक पर्यटनको गन्तव्य रुपमा विकास हुदै गएको र यहाँ भएका पर्यटनका स्रोतहरुलाई चिनाउन फोटो प्रदर्शन गर्न लागिएको फरक सोच अभियानका संयोजक रायमाझीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*