
हेटौंडा । २५ मिटर सडक विस्तार सम्बन्धी हेटौंडाका घरधनीले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएको छ । मङ्गलवार न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गरेको हो ।
डिभिजन सडक कार्यालय हेटौंडाले २५-२५ गज सडक सिमाभित्र पर्ने संरचना हटाउन सुचना निकालेपछि सडक विस्तार कार्य रोक्न घरधनीहरु सर्वोच्च गएका थिए । तर आज सर्वोच्चले गत असार ३१ गतेदेखी साउन २४ गतेसम्म सडक विस्तार सम्बन्धमा दर्ता भएका सबै रिट खारेज गरेको छ ।
सडक बिस्तार विरुद्ध परेको २८ रिट खारेको भएसंगै हेटौंडा बजारमा २५ मिटर बिस्तारको बाटो खुलेको हो । सडक डिभिजन कार्यालय हेटौँडाको प्रमुख राजेश कुमार यादवले अझै दुई तीन वटा मुद्दा बाकि रहेकाले उक्त मुद्दाको फैसला पछि सडक बिस्तार बारे आफूहरूले निर्णय लिने बताए । यादवले अब सडक बिस्तारको लागि बाटो खुलेको बताए ।

