हेटौँडा। पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह हेटौँडा आउने भएको छन् । प्रदेश राजधानी हेटौँडाको विभिन्न धार्मिक क्षेत्रको पुजा आराधनाका साथै अवलोकन, भेटघाटका लागि शाह हेटौँडा आउन लागेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले बुधवार हेटौँडामा पत्रकार सम्मेलन गर्दै शाह आउने दिनेको कार्यक्रमबारे जानकारी गराइएको थियो । शाहलाई स्वागत तथा अवलोकन भ्रमण मूल समारोह समिति, उपसमिति गठन गरिएको राप्रपा नेता तथा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले बताए । मेरै संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । हामी पूर्वराजालाई एक हजार एक सय ११ जनाले स्वागत गर्ने कार्यक्रम छ, सिंहले भने ।
शाहले चुरियामाई मन्दिर, हेटौँडा-१३ पदमपोखरीको ज्याङछुपलिङ पोतला गुम्बा, हेटौँडा(१० को भुटनदेवी मन्दिरमा पैदलयात्रासहित धार्मिक अवलोकन भ्रमण, पुजा(आराधना गरी साँझ हेटौँडा रिसोर्टमा उद्योगी, व्यवसायी, पत्रकारसँग भेटघाट गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा राप्रपाका जिल्लादेखी केन्द्रसम्मका नेताहरुको उपस्थिती रहेको थियो ।