हेटौंडा । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको हो । प्रधानमन्त्री दाहाल असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्कालाई तोकिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री नेतृत्वमा जान लागेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री माघ ७ मा स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई
सेयर गर्नुहोस्