हेटौंडामा । आज बाट हेटौंडामा प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुइ दिने कार्यशाला सुरु भएको छ । कार्यशालाको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले समयसापेक्ष रुपमा पत्रकारहरुले पनि आफुलाई तिखार्न जरुरी रहेको बताउनु भएको छ ।
कार्यशालामा मुख्य प्रशिक्षकका रुपमा बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकारसंघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रेसचौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्बेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।