मकवानपुरगढीमा तीन दिनको शिशु छाडेर आमा नै फरार

हेटौंडा टुडे
६ माघ २०८०, शनिबार १५:४४

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर – १ मा एक महिलालले बच्चा जन्माएर आमा फरार भएकी छिन् । उनले यहि माघ – ४ गते बिहिबार राति करिब ११  बजे तिर  गाउँको घरमा नै  बच्चा जन्माएकी थिईन । उनले बच्चा जन्माएको गाउँमा कसैलाई पनि थाहा नभएको र उनिकी करिब ४- ५ बर्षको छोरीले आफ्ना घरमा सानो बच्चा छ भनेर गाउँमा अरुलाई भनेपछी उनि कुरा बाहिर आएको हो । उनि  आज सनिवार बिहान करिब ७ बजेबाट फरार रहेकी श्रोतले जनाएको छ । श्रोतका अनुसार बच्चा जन्माउने महिलाको श्रीमान् बिगत करिब १४ महिना देखि बैदेसिक रोजगारको लागि विदेश गएको जसले गर्दा अवैध गर्भ रहेका कारण उक्त बच्चा छोडी ती महिला फरार भएको हुन सक्ने श्रोतको भनाई छ । शिशुको अवस्था अहिले समान्य रहेको र स्थानिय र प्रहरीद्धारा  फरार महिलाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image