मनहरीमा सामाजीक सुरक्षा भत्ता सोझै लाभग्राहिको खातामा

हेटौंडा टुडे
११ माघ २०८०, बिहीबार १२:१०

हेटा‌ैडा । मनहरी गाउँपालिकाले सामाजीक सुरक्षा भत्ता सोझै लाभग्राहिको खातामा दाखीला गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०८१ को दोस्रो त्रैमासीक देखि भत्ता सोझै लाभग्राहिको खातामा पुग्ने भएको हो । विहिबार गाउँपालिकाले एक सुचना जारी गर्दै विद्युतीय माध्यम९इलेक्ट्रोनक फण्ड ट्रान्सफर ईएफटि० मार्फत सामाजीक सुरक्षा भत्ता वितरण गरीने जानकारी दिएको हो ।

सामाजीक सुरक्षा भत्ता वितरण गरीने प्रकृयालाई सरल, सहज र पारदर्शी बनाउने उद्देश्यले सोझै सेवाग्राहिको खातामा पुग्ने प्रणाली लागु गरीएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । यस अघि बैंकमा घण्टौ सम्म लाइन लागेर भत्ता बुझ्ने कष्टकर प्रवृत्तिको अन्त्य भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । आगामी दिनमा सामाजीक सुरक्षा भत्ता खातामा पुगेपछि जुनसुकै बेला लाभग्राहिले सहज रुपमा निकाल्न सक्ने उहाँको भनाई छ ।

हाल मनहरी गाउँपालिका वडा नं १ का लाभग्राहिले ले हेटौँडा शाखाको कामना सेवा विकास बैंक, वडा नं २ र ६ का लाभग्राहिले मनहरीको प्रभु बैंक, ३ र ५ का लाभग्राहिले रजैयाको सांग्रिला विकास बैंक, ४ र ८ का लाभग्राहिले रजैयाको सिटिजन्स बैंक, ७ का लाभग्राहिले मनहरीको मुक्तिनाथ बैंक र ९ का लाभग्राहिले मनहरीको एन।आई।सी एसिया बैंक मार्फत भत्ता लिँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*