ज्वालादेवी आधारभूत विद्यालयको ४६ औं वार्षिकोत्सव सम्पन्न

हेटौंडा टुडे
११ माघ २०८०, बिहीबार १३:५०

हेटाै‌डा ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर –४ मा रहेको ज्वालादेवी आधारभूत विद्यालयले ४६ औं स्थापना दिवस सम्पन्‍न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मुक्तानको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, वडा सदस्य संगीता परियार पत्रकार सुरेस श्रेष्ठ सन्‍नु रिजाल लगाएतकाको उपस्थिती रहेको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यालय खेलकुद विकासमा आवश्यक खेलकुद जर्सी सहयोग गरेकोमा संयम मिडिया प्रा लि का प्रवन्ध निर्देशक सन्नु रिजाल देवकोटा र पत्रकार सुरेश श्रेष्ठ लाई सम्मान गरेको थियो साथै कार्यक्रममा उत्कृस्ठ विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत गरेको  प्रधानाध्यापक सरोज फुयालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*