बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले गरे मतदान

हेटौंडा टुडे
११ माघ २०८०, बिहीबार १४:१५

हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेश अन्तर्गत  रहने ४ जना राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्म्कटेलले मतदान गरेका छन्। मुख्यमन्त्री जम्मकटेलले हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको मतदाता स्थलमा बिहान ११ बजेर १५ मिनेटमा मत खसालेका हुन। त्यसैगरी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पनि मतदान गरेका छन्। बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभामा ४ जना सदस्यको सिटमा १५ जनाको उम्मेदवारी परेको छ। उक्त निर्वाचनमा ३३७ जना मतदाता रहेका छन्। निर्वाचनको समय ३ बजेसम्म कायम रहने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*