हेटौडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्देललाई घुससहित नियन्त्रणमा लिएको छ। काठ चिरानको सिफारिस गरिदिने भन्दै पार्देलले सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिएका थिए । उनको साथबाट थप ४५ हजार ९७५ रुपैयाँ पनि बरामद भएको छ ।
घुससहित पक्राउ परेका पार्देलमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सेयर गर्नुहोस्