हेटौंडा। नेपाल आयल निगमले बुधबार रातिबाट लागु हुने गरी इन्धनको मूल्य बढाएको छ । मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमश ४ र २ रुपैयाँ बढाएको हो । मूल्य बढेपछि अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १६७ पचास पैसा, दोस्रो वर्गमा रु १६९ र तेस्रो वर्गमा १७० पुगेको छ भने डिजेल र मट्टितेलको पहिलो वर्गमा रु १५५ पचास पैसा, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको छ । त्यसैगरी निगमले खाना पकाउने ग्यासको मूल्यमा १५ रुपैयाँ वृद्धि गरेको छ ।
सेयर गर्नुहोस्