मकवानपुरगढीमा आँखा शिविर सम्पन्न, १६१ जनाले गराए आँखा परिक्षण

देवकाेटा कान्छाे मनाेज
२० माघ २०८०, शनिबार २१:०५

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकी शिखरकटेरीमा आँखा शिविर सम्पन्न भएको छ। मकवानपुरगढी गाउँपालिकाको आयोजना तथा लायन्स क्लब हेटौंडाको समन्वय साथै हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आज शिविर सम्पन्न छ ।

शिविरमा १६१ जनाले आँखा परीक्षण गराएका छन भने आँखा परीक्षण गराएका मध्ये २५ जनामा मोतिविन्दुको समस्या देखा परेको छ उनिहरुको यही माघ २४ गते हेटौंडा सामुदायिक आँखा अस्पतालमा निस्शुल्क अप्रेसन हुने मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुर्ब प्रसाद लामिछानेले जानकारी दिनु भयो। साथै यहि माघ २२ गते मकवानपुरगढी गाँउपालिकामा वडा नम्बर ८  बुढीचौरमा पनि शिविर हुन लागेकाे लामिछानेले बताए ।

शिविरमा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले पनि आफ्नो आँखा परिक्षण गराउनु भएको थियो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रीन र वडा सदस्यहरु,मकवानपुरगढी स्वास्थ्य चौकी प्रमुख नवराज सुवेदी सहितको टिम,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image