हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ भाङटारमा कर्रा खोलामा पुल निर्माण गरिने भएको छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय चितवनले ४ करोड रुपैयाँ लागतमा पुल निर्माण गर्न लागेको हो । पुल नहुँदा यस क्षेत्रका नागरिकले निकै सास्ती बेहोर्दै आएका थिए । अब भने सहज हुने भएकोमा स्थानीय वासिन्दाहरु खुसी समेत भएका छन् । पुल निर्माणका लागि आवस्यक तयारी भइरहेको पूर्वाधार विकास कार्यालय चितवनले जनाएको छ ।
सेयर गर्नुहोस्