उदिम पन्तको प्रारम्भिक संस्कृत व्याकरण किताब विमोचन

हेटौंडा टुडे
२४ माघ २०८०, बुधबार १७:००

हेटौंडा। हेटौंडाका उदिम पन्तले तयार गर्नुभएको प्रारम्भिक संस्कृत व्यापकरण किताब बुधबार हेटौंडामा विमोचन गरिएको छ । किताबघर वितरक रहेको उक्त व्याकरण किताब प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहमा अध्ययन गर्ने जोकोहीलाई उपयोगी हुने लेखकको दावी छ । पुस्तकको विमोचन गर्दै वेदमा विद्यावारिधि गरेका अग्निहोत्री डा। सीताराम खनालले वेदको मुख भनेकै व्याकरण भएको बताए । वेदको प्रमुख अंगको रुपमा रहेको संस्कृत व्याकरणलाई सबैले बुझ्ने भाषामा प्रकाशित गरिएको भन्दै उनले कृतज्ञताका साथ बधाई ज्ञापन गरे ।

विश्वका अधिकांश भाषाको जननी नै संस्कृत भाषा भएको भन्दै डा। खनालले संस्कृत अध्ययन र ज्ञान लिनु सबैका लागि जरुरी रहेको बताए । आर्यव्रत मुलुकमा संस्कृत हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै खनालले पश्चिमा देशहरुले संस्कृतको महत्व बुझेर त्यसलाई अध्ययन अध्यापन गराइरहेको स्मरण गराए ।सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत अध्येता साहित्यकार हयग्रीव आचार्यले पुस्तकमाथि आफ्ना धारणा राखेका थिए । उनले संस्कृत व्याकरण अध्ययन गरेर सबैले ज्ञान लिनु जरुरी भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*