हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं-१६ चिसापानीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बकैंया गाउँपालिका वडा नं-२१ बर्षीय कुशल खडका र हेटौंडा–१६ बस्ने २२ बर्षीय अञ्जन खड्का रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार अञ्जनको साथबाट लागुऔषध ट्रामाडोल ट्याबलेट–१० ट्याबलेट र कुशलको साथबाट करिब २० ग्राम र एनटी सियूपी ट्याबलेट–१ बरामद गरेको हो ।दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्