भोली मंगलबार सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

हेटौंडा टुडे
२९ माघ २०८०, सोमबार १५:१६

हेटौडा । गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा नरहेको जानकारी दिएको छ । मन्त्रालयले सोमबार सूचना जारी गरेर मंगलबार विदा नरहेको जनाएको हो ।सूचनामा यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।गृह प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण फागुन १ गतेको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाइएको छ ।
यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै परेको मुद्दामा सर्वोच्चले बिदा खारेज गर्न परमादेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*