हेटौंडा । हेटौंडा स्कुअफ म्यानेजमेन्टको आयोजना हेटौडामा नवप्रवर्तन र उद्यमशीलताको प्रवर्धनको लागि अन्तराष्ट्रिय सम्मेलन गरिदै छ । फागुन ५ र ६ गते हेटौंडामा सम्मेलन गर्न लागिएको र दुइ दिन सम्म चल्ने यो सम्मेलनमा शुल्न तिरेर सहभागिता जनाउन पाइने आज पत्रकार सम्मेलन मार्फत हेटौंडा स्कुअफ म्यानेजमेन्टले जनाएको छ ।
उद्यमशीलताको प्रवर्धनको लागि अन्तराष्ट्रिय सम्मेलन सम्मेलन सीप र पूर्वाधार ज्ञान अधिबृद्धी गर्न, मानव संसाधन क्षमता अभिबृद्धी गर्न, अन्तर क्षेत्र सहयोगको सहजीकरण गर्न सहयोग पुग्ने म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशीले बताउनु भयो ।
सम्मेलनमा सरकारबाट नवप्रवर्तन र इन्क्युबेशन विकास गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी वित्तिय सेवाहरुमा नविनता, आवस्यक्ता र सम्भावना, उद्यमशिलताको प्रवधनका लागि बितिय संस्थाहरुको भूमिकाहरुका विषयमा जानकारी गराइने आयोजकले जनाएको छ ।
यस कार्यक्रममा बिभीन्न ५ देशका श्रोत व्यक्तिहरुसंगको छलफल तथा नेटवर्कको अवसर हुने छ । नेपालको उद्यमशिलता विकासमा लागेका २५ जना भन्दा बढी श्रोतव्यक्तिहरुसंगको छलफल तथा नेटवर्कको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।