हेटौंडा । आज बुधबार मकवानपुरगढी जेसिजले मकवानपुरगढी गाउँपालिका वडा नंबर ३ स्थित पालिका र वडा कार्यालय आसपासका ठाउँमा बिरुवा सहितको गमला राखि दिएको छ । आज एक कार्यक्रमका बीच जेसिजले पालिका आसपासको क्षेत्रमा बिरुवा सहितको गमला राखी दिएको हो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आथित्यता रहेको कार्यक्रममा मकवानपुरगढी जेसिज वर्ष २०२४ का अध्यक्ष बिजय पुडासैनीको सभापतित्व रहेको थियाे । कार्यक्रमकमा पालिका अध्यक्ष स्याङ्ताले गमलामा पानि हाल्दै कार्यक्रमलाई उदघाटन गर्नु भएको थियो ।
मकवानपुरगढी गाउँपलिकाको केंद्र बिन्दुमा रहेको पालिका आसपास धेरै कार्यालयहरु रहेका र सेवाग्राहिहरु सेवा लिन आउदा यो ठाउँलाई बिशेष गरि पर्यटन र पर्यावरणीय हिसाबले सबैको ध्यानमा राख्ने र चासो रहने भएकाले जेसिजले यो काम गरेको अध्यक्ष पुडासैनीले बताउनु भयो । गमला मकवानपुरगढी गाउँपालिका , सामुदायिक स्वास्थ्य ईकाईऽ ३ नम्बर वडा कार्यालय , नबिल बैंक , मनकामना दुग्ध उत्पादक सहकारी सस्था आसपासकाे ठाउँमा गरि जम्मा ३० वटा गमला वितरण गरिएको थियो ।
कार्यक्रमा बोल्दै मनकामना दुग्ध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले र नमुना विद्यालय भानु मा बी देखि मकवानपुरगढी गाउँपलिका सम्म यसलाई हरित गाउँको रुपमा व्यवस्थित सडक बनाउनु पर्ने भानु मा बी र फूटसल संगै भएकको र पालिकाको मुख्य केन्द्र संगै भएकाले सबै मिलि यस्तो कार्यमा सहकार्य हुनुपर्नेमा जोड दिनु भयो ।
त्सस्तै विशिष्ट अथितिको रुपमा बोल्दै मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले मकवानपुरगढी जेसिजले गरेको यो कार्यको तारिफ गर्दै पालिका आसपास मात्र केन्द्रित नभई मकवानपुरगढी जेसिजले ८ वटा वडामानै यस्ता सामाजिक काम गर्न पनि अनुरोध गर्नु भयो । साथै जेसिजले पालिकामा आफ्नै भवन निर्माणको लागि जग्गा उपलब्ध गराउनको लागि अनुरोध गरे अनुसार आफुहरु जेसिजको लागि ठाउँको पहिचानको निम्ति आफुहरु लागि परेको र छिट्टै नै जेसिजलाई आफ्नै भवन निर्माणको लागि सहयोग गर्ने कुराको जोड गर्नु भयो ।
वर्ष २०२३ का अध्यक्ष एवम सस्थापक अध्यक्ष पुष्प राज पुडासैनीले मकवानपुरगढ़िमा जेसिज भर्खर मात्र बामे सर्दै गरेको र बिगतमा पालिका र वडाले सहयोग गरेको प्रति धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग अपेक्षा गरेको बताउनु भयो । साथै आफुले बिगतका बर्षमा जेसिज यात्रा मार्फत अन्तर जेसिस फूटसल प्रतियोगिता , रैथाने बालि प्रवर्द्धन लगाएतका कामहरु गरि मकवानपुर गढ़िलाई देश भरिने चिनाउने काम गरेको समेत बताउनु भयो
कार्यक्रमका प्रमुख अथिति दोर्ज लामा स्याङ्तानले मकवानपुरगढी जेसिजले बातावरण मैत्रि काम गरेको प्रति धन्यबाद दिदै बिगत देखि नै जेसिजले शिक्षा , स्वास्थको क्षेत्रमा काम गरेको र रैथाने बालिमा देशमा नै चिनाउने काम गरेको प्रति आभार व्यक्त गर्नु भयो । साथै जेसिजले आफ्नै भवन निर्माणको निम्ति जग्गा आवस्यकता रहेकाले आफुले सहयोग पनि बताउनु भयो र स्थानीय सरकार भएकाले जेसिजले गरेको काममा आफुहरु पनि साथमा रहेको बताउनु भयो ।
कार्यक्रमा सभा अध्यक्षको मन्तव्य राख्दै वर्ष २०२४ का अध्यक्ष पुडासैनीले आफ्नो एक बर्षको कार्यकाल भए पनि मकवानपुरगढी जेसिजलाई देशभर चिनाउने काम गर्ने प्रतिवद्धता जनाउनु भयो साथै आजको गमला वितरण कार्यक्रम तेस्रो कार्यक्रम रहेको र भोलि वडा नम्बर ४ मा गरिव तथा विपन्न परिवारका ४० जनालाई कम्बल वितरण गर्न लागेको पनि बताउनु भयो । आफुहरु मकवानपुरगढीको ८ वटा मा नै बिभिन्न काम गर्ने र वडा नम्बर १ मा माघ १८ गते नि शुल्क स्वास्थ शिविर गरेको पनि जानकारी दिनु भयो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिका प्रमुख प्रशाकिया अधिकृत राजेन्द्र कार्की , वडा नम्बर ३ का सचिव सोनीका अर्याल रानि समुदायिक बा उपभोक्ता समुहका अध्यक्ष विष्णु प्रसाद न्यौपाने मकवानपुरगढी गाउँपालिका साखा प्रमुखहरु , पत्रकार लगाएतकाको उपस्थिति रहेको थियो ।