हेटौंडा । रेबिजको संक्रमणका कारण मकवानपुरगढी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ४ स्थायी बसोबास गर्ने वर्ष – ६ कि बिनु महर्जनको फागुन २ गते बुधबार मृत्यु भएको हो । उनलाई गत मंसीर- २५ गते घरमा नै पालेको कुकुरले खेलिरहेका बेला टोकेको थियो । कुकुरको टोकाई पछी घरमानै पालेको कुकुर हो भनेर सुई खोक नलगाईकन बसेकी बालिका बिरामी भएपछि परिवारले हेटौडा अस्पताल , भरतपुर अस्पतालमा हुदै काठमाडौं टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पताल पुयाइएको थियो।
उनमा चिकित्सकले रेबिजको लक्षण प्रमाणित गरेका थिए । उनको उपचारको क्रमममा कुकुरले टोकेको ६२ दिन पछि मृत्यु भएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना बताए । उनि हेटौडा – ५ मा अवस्थीय हेटौडा सिटि कलेज – जेनिथ ईन्टरनेशनल कक्षा नर्सरीमा अध्ययनरत छात्रा हुन । उनि संगै एउट कक्षामा अध्यनरत सम्पूर्ण विद्यार्थीहरु र बसमा यात्रा गर्ने विद्यार्थीहरुलाई सचेत गरिसकेको र सम्भावितहरुलाई सुई खोपको लागि बिद्यालय तयारि अवस्थामा रहेको बिद्यालय श्रोतले जनाएको छ ।